नेतृत्वलाई अनिल शर्माको सुझाव: कि कार्यकर्ताको भर परौँ कि निर्णय गर्न सिकौँ - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

नेतृत्वलाई अनिल शर्माको सुझाव: कि कार्यकर्ताको भर परौँ कि निर्णय गर्न सिकौँ



काठमाडौं- वाइसीएल नेपालको कारण नेकपा माओवादी केन्द्रमा भैरहेको विवादबारे पार्टीका युवानेता अनिल शर्माले आपत्ति जनाएका छन् । उनले पार्टी नेतृत्वले निर्णय गर्न सिक्नुपर्ने समेत बताएका छन् ।

पार्टीका यस्ता गतिविधिले पार्टीलाई मात्र नभएर आन्दोलनलाई नै क्षति पुर्‍याउने भन्दै नेता शर्माले संगठनात्मक क्षेत्रमा रहेको पार्टीको यो तदर्थबादी प्रबृति त्याग्नुपर्ने बताएका छन् ।

उनले वाइसीएल नेपालको भेलामा माओवादी केन्द्रमा देखिएको विवाद पार्टीको मनोदशाको एउटा ज्वलन्त नमुना भएको समेत बताएका छन् ।

आफ्नै पार्टीका गलत क्रियाकलापको खुलेर विरोध गर्ने नेता शर्माले नेतृत्वलाई कार्यकर्ताको भर पर्न र उचित समयमा उचित निर्णय गर्न सिक्न सुझाव दिएका छन् ।

उनले भनेका छन:
वाइसीएल नेपालको राष्ट्रीय भेला हाम्रो पार्टीको मनोदशाको एउटा ज्वलन्त नमुना हो । संगठनात्मक क्षेत्रमा रहेको पार्टीको यो तदर्थबादी प्रबृतिले स्वयम पार्टी लाई मात्र होइन समग्र आन्दोलन लाई क्षेति पुर्याइरहेको छ । कि निर्णय गर्न सकौं, होइन भने कार्यकर्ता प्रति भर परौ !बिषयलाई अनावश्यक जटिल नबनाउ !