माधव नेपालले नै पाए मन्त्रीहरू छान्ने जिम्मा
काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्रीहरू छान्ने जिम्मा पाएका छन् । मन्त्रीका आकांक्षी धेरै भएपछि तनावमा परेका नेपाललाई संसदीय दलको बैठकले यस्तो जिम्मा दिएको हो ।
शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । आइतबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको एकीकृत समाजवादी पार्टीको संसदीय दलको पहिलो बैठकले मन्त्री छान्ने जिम्मा अध्यक्ष नेपाललाई दिएको एक सांसदले जानकारी दिए।
बैठकले प्रतिनिधि सभामा दलका नेता अध्यक्ष नेपाल र राष्ट्रिय सभाको दलको नेता बेदुराम भुसाललाई चयन गरेको बताइएको छ । एक नेताका अनुसार देउवा सरकारमा जाने मन्त्रीहरू छान्ने जिम्मा पनि अध्यक्ष माधव नेपाललाई नै दिइएको बताएका छन् ।
स्रोतका अनुसार एकीकृत समाजवादी पार्टीले ६ मन्त्री र एक राज्यमन्त्री मागेको छ। दलको बैठक बस्नु अघि प्रधानमन्त्री देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अध्यक्ष नेपालबीच छलफल भएको थियो। तर मन्त्रालय बाँडफाँटबारे सहमति जुट्न सकेको थिएन।