माधव नेपालले दोस्रो तहका नेताहरूको पोल खोलेपछि... - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

माधव नेपालले दोस्रो तहका नेताहरूको पोल खोलेपछि…



काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो साथ छाडेर एमालेमै दोस्रो पुस्ताका नेताहरुको पोल खोलिदिएका छन् ।

पहिले नेपालको साथमा रहेका नेताहरूले तत्कालिन समयमा गरेका पार्टी खोलौँ भन्ने, ओलीसंग बस्न सकिन्न भन्ने र निर्वाचन आयोगमा पार्टी नै दर्ता गर्ने गरेको भन्दै पोल खोलेका छन् । उनले आफूलाई उक्साएर पार्टी फुटाएर निस्कौँ भन्ने नेताहरुले नै धोका दिएको बताएका छन् ।

नेता नेपालले दोस्रो तहका नेताहरूले निर्वाचन आयोगमा दुई ओटा पार्टी दर्ता गराएको खुलाएका थिए । उनले दोस्रो पुस्ताका नेताहरुतर्फ इंगित गर्दै यस्तो बताएका हुन् । पछिल्लो समयमा आफूसँगै रहेका नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएपछि नेता नेपालले यस्तो बताएका हुन् ।

शनिबार ललितपुरमा भएको एक कार्यक्रममा उनले आजै पार्टी खोलौँ र भोलि नै पार्टी खोलौँ भन्नेहरु दोस्रा पुस्ताका नेताहरु नै भएको खुलाए । उनले अहिले उनै नेताहरु एमालेमै रहेको बताए ।

उनले नेपाल कम्युनिष्ट पार्टी एकीकृत र चुनाव चिह्न कलम भएको पार्टी दर्ता गराएको बताएका हुन् । अर्को नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिक पनि निर्वाचन आयोगमा दर्तामा रहेको बताए । त्यो पनि दोस्रो तहका नेताहरुकै अगुवाइमा दर्ता भएको खुलासा गरेका हुन् ।