माधव नेपाललाई योगेश भट्टराईले फर्काए यस्तो जवाफ - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

माधव नेपाललाई योगेश भट्टराईले फर्काए यस्तो जवाफ



काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दोस्रो तहका नेताहरूले धोका दिएको भन्दै आफ्नो पार्टीमा आए अध्यक्ष पद छाड्ने बताएपछि नेताहरूले विभिन्न प्रतिक्रिया दिएका छन् ।

नेता नेपालले आफ्नो साथ छाडेर ओलीसँग गएका दोस्रो पुस्ताका नेताहरूलाई लक्षित गरेर अभिव्यक्ति दिएपछिएमालेमा लामो समय नेपाल समूहमा रहेका नेता योगेश भट्टराईले जवाफ फर्काएका छन्।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले शनिबार मन्तव्य दिने क्रममा आफ्नो पार्टीमा आए आफू अध्यक्ष छाडेर नेतृत्व दिन तयार रहेको बताएका थिए। यसैको जवाफमा एमाले नेता योगेश भट्टराईले उनलाई कटाक्ष गरेका हुन्।

नेता भट्टराईले शनिबारै सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘राम्रो कुरा हो, स्वागत गर्दछु, आफैँसँग भएकालाई बनाएर उदाहरण देखाइदिए झनै राम्रो हुने थियो।’