मेरो विरोध गर्ने दोस्रो पुस्ताका नेताले दुईवटा पार्टी दर्ता गरेका छन्: माधव नेपाल - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

मेरो विरोध गर्ने दोस्रो पुस्ताका नेताले दुईवटा पार्टी दर्ता गरेका छन्: माधव नेपाल



काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेका दोश्रो पुस्ताका नेताहरूले यसअघि नै दुई वटा पार्टी दर्ताको प्रयास गरेको दाबी गरेका छन् ।

शनिबार ललितपुरमा पेशगत महासंघ बागमती प्रदेश समितिद्वारा आयोजित ललितपुर जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले कलम चिन्ह भएको नेकपा एकीकृत पार्टी र नेकपा लोकतान्त्रीक पार्टी पनि दोश्रो पुस्ताले खोलेको दाबी गरे ।

केपी शर्मा ओलीको प्रवृतिविरुद्ध कुनै नयाँ पार्टी गठन गरौ भन्दै दोश्रो पुस्ताका नेताहरूले दुई वटा पार्टी निर्वाचन आयोगमा दर्ता गरेको उनको भनाइ छ । उनले यसअघि नयाँ पार्टी खोलौ भन्‍ने नेताहरूले नै आफुहरूको पार्टीको विरोध गरेको आरोप लगाए । अध्यक्ष नेपालले दोश्रो पुस्ता आफ्नो पार्टी आए आफु अध्यक्ष पद नै हस्तान्तरण गर्न तयार रहेको स्पष्ट पारे ।

नेकपा (एकीकृत समाजवादी) गठन पदका लागि नभएर विचार र सिद्धान्तका लागि गठन भएको उनले बताए । उनले विचार मिल्ने शक्तिहरूसँग सहकार्य गरेर अघि बढ्ने बताए । अहिले नै कुनै पार्टीसँग एकता नगर्ने र पार्टीको आधार बलियो बनाउने नेपालको भनाइ छ ।

फरक प्रसंगमा उनले अन्य धर्म लिएका व्यक्तिलाई पशुपति बिकास कोषको सदस्य सचिव बनाउन आफुले पहल गरेको भनेर गलत भ्रम फैलाएको उल्लेख गरे । अध्यक्ष नेपालले पार्टीलाई केन्द्रदेखि तल्लो तहसम्म बलियो बनाउदै मुलुकको अग्रगमको पक्षमा काम गर्ने बताए ।