एमाले सिद्धान्तच्युत भएको भन्दै जिल्ला कमिटी नै एकीकृत समाजवादीमा - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

एमाले सिद्धान्तच्युत भएको भन्दै जिल्ला कमिटी नै एकीकृत समाजवादीमा



बुटवल- ओली नेतृत्वको एमाले सिद्धान्तच्युत भएको ठहर गर्दै नेकपा (एमाले)को सिङ्गो कमिटी नै नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ ।

एमाले विवादका बेला रुपन्देहीमा नेपाल पक्षले समानान्तर कमिटी गठन गरेर पार्टी गतिविधि गर्दै आएको थियो । उक्त सिङ्गो कमिटी नै समाहित भएको हो।

समानान्तर जिल्ला कमिटी रूपन्देहीले नवगठित नेकपा (एकिकृत समाजवादी)मा समाहित हुने सर्वसम्मत रूपमा निर्णय गरेको छ। शुक्रबार उक्त कमिटीको बुटवलमा बसेको बैठकले नेपाल नेतृत्वको एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको हो।

केपी ओलीको नेतृत्वको एमाले वैचारिक, राजनीतिक रूपमा सिद्धान्तच्युत भएको ठहर गर्दै नयाँ पार्टी गठन अपरिहार्य भएको भन्दै एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको कमिटीका अध्यक्ष राजु गुरुङले बताए।

नेकपा एमाले विभाजनका सन्दर्भमा छलफल गरी प्राप्त भएका सुझावका आधारमा सर्वसम्मतले समाजवादीमा समाहित हुने निर्णयमा गरिएको समानान्तर कमिटीका उपसचिव सिद्धिचरण भट्टराईले बता । बैठकमा यसअघि कमिटिमा सक्रिय भएका केहि नेताहरु भने सहभागी थिएनन्।

बैठकलाई नेताहरु नन्दिकेशर ढकाल, पार्टी एकता राष्ट्रिय अभियानका सचिव भोजबहादुर खडका, रामबहादुर चौहान, पुरूषोत्तम घिमिरेलगायतले सम्बोधन गर्दै ओलीकै कारण पार्टी विभाजन भएको आरोप लगाएका थिए।