अप्रत्याशित रूपमा म्यानचेस्टर युनाइटेड फर्किए रोनाल्डो - Himal Post Himal Post
  • ४ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 20 2024
Logo

अप्रत्याशित रूपमा म्यानचेस्टर युनाइटेड फर्किए रोनाल्डो



लन्डन । पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पुरानो क्लब म्यानचेस्टर युनाइटेड फर्किएका छन् । युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीलले रोनाल्डोले क्लब छाड्ने पक्का भएको बताएका थिए ।

त्यसको २४ घन्टा बित्न नपाउँदै रोनाल्डो युनाइटेडमा अनुबन्ध भएको क्लबले जनाएको छ । युनाइटेडले रोनाल्डोसँग दुई वर्षका लागि सम्झौता गरेको जनाइएको छ ।

रोनाल्डोको युनाइटेड अनुबन्धलाई अप्रत्याशित मानिएको छ । रोनाल्डो युनाइटेडको सहरी प्रतिद्वन्दी म्यानचेस्टेर सिटीसँग अनुबन्ध हुने चर्चा थियो ।

रोनाल्डो यसअघि २००३ मा पनि स्पोर्टिङ लिस्बनबाट युनाइटेड अनुबन्ध भएका थिए । पाँच पटकका बालोन डी’अर विजेता रोनाल्डोले करियरमा ३० भन्दा धेरै उपाधि जितेका छन् । पहिलो युनाइटेड बसाइँमा २९२ खेलमा ११८ गोल गरेका गरेका थिए ।

३६ वर्षीय रोनाल्डो २०१८ मा रियाल मड्रिडबाट युभेन्टस आएका थिए । युभेन्टसमा रोनाल्डोले १४० खेलमा १०४ गोल गरिसकेका छन् । रोनाल्डो २००९ मा प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिडसँग अनुबन्ध भएका थिए ।