पशुपति क्षेत्र विकास कोषको नियुक्तिमा ठुलै आर्थिक चलखेल: बदनाम व्यवसायीको दौडधूप
काठमाडौं- विश्व सम्पदा सूचिमा सूचिकृत विश्वका हिन्दूहरुको आस्थाको एक मात्र प्रतिक पशुपतिनाथको संरक्षण र संर्वद्धनका लागि स्थापित पशुपति क्षेत्र विकास कोषको पदाधिकारी नियुक्तिमा ठुलै आर्थिक चलखेलको प्रयास भइरहेको छ ।
पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव हत्याउन ठुला व्यापारी घरानाका वदनाम व्यक्तिहरुको ठुलै चलखेल भइरहेको हो । कोषका वर्तमान सदस्य सचिव प्रतिक ढकालको कार्यकाल सकिन लाग्दै गर्दा विशेषत मारवाडी समुदायका व्यापारी मोटो रकम बोकेर गठवन्धनका नेताको घरघर दौडधुप गरिरहेका छन् ।
सदस्य सचिवको दौडमा बदनाम व्यवसायी एवं कोषका पूर्व सदस्यसचिव शुशिल नाहटा मोटो रकम बोकेर शक्ति केन्द्र धाइरहेका छन् । पैसाको प्रलोभन दिँदै नाहटा काँग्रेस नेताहरुको घरघर पुगिरहेको एक नेताले बताए । नाहटा वालुवामा करोडौं भ्रष्टाचार गरेको अभियोगमा सर्वोच्च अदालतमा मुद्धा खेपिरहेका बदनाम व्यवसायी हुन् ।
यता, अक्सिजन ग्यासका मालिक शंकर अग्रवाल पनि कोषको सदस्य सचिव हत्याउन पैसाको प्रलोभन दिँदै नेताको घरघर पुगिरहेका छन् । बदनाम व्यवसायी अग्रवाललाई ग्यासको माफिया समेत भन्ने गरिन्छ ।
वर्तमान सदस्यसचिव प्रतिक ढकाल समेत मोटो रकमको अफर बोकेर वालुवाटार पुग्ने गरेको वालुवाटार स्रोतले बतायो । खराब छवि भएका यी तीन व्यक्तिहरु जो कोही सदस्य सचिवमा नियुक्त भए पशुपति क्षेत्र विकास कोषको भलो नहुने कोषका एक कर्मचारी बताउँछन् ।
ढकाल तत्कालिन फोरम लोकतान्त्रिकबाट मन्त्री बनेका विजय कुमार गच्छदार र जितेन्द्र देवलाई ठुलै रकम वुझाएर कोषको सदस्य सचिव बनेका थिए । गोठाटारको वालुवाखानी हात पार्नका लागि एकथरी विचौलियाहरु आफु अनुकुलको मान्छे नितुक्ति गर्न लागि परेका छन् ।
पशुपति क्षेत्रमा गौरवको आयोजना समेत सन्चालनमा रहेकाले वदनाम व्यवासायी कोषको सदस्य सचिवका साथै कोषाध्यक्ष बन्न दौडधुप गरेका हुन् ।
कोषको सदस्य सचिवका साथै कोषाध्यक्षको समेत म्याद सकिएकाले यी दुवै पदमा आर्थिक चलखेल हुने प्रष्ट संकेत देखिएको छ ।