विश्वासको मत नपाउने भएपछि शाक्यले गरिन् एकाएक अधिवेशन अन्त्य - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

विश्वासको मत नपाउने भएपछि शाक्यले गरिन् एकाएक अधिवेशन अन्त्य



काठमाडौं- बागमती प्रदेशसभाको अधिवेशन एकाएक अन्त्य गरिएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनुपर्ने बेलामा एकाएक अधिवेधन अन्त्य गरिएको हो ।

माधव नेपालले नयाँ पार्टी दर्ता गरिसकेपछि शाक्य अल्पमतमा पर्ने देखिएपछि अधिवेशन अन्त्य गरिएको हो । यो आवधिमा मुख्यमन्त्री शाक्यले आफ्नो पक्षमा बहुमत जुटाउन कसरत गर्नेछिन्।

संविधानको धारा १८३ को उपधारा २ बमोजिम शुक्रबार राति १२ बजेबाट आठौं अधिवेशन अन्त्य गर्ने निर्णय भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।जेठ १६ गतेबाट सुरु भएको आठौं तथा बर्षे अधिवेशन मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले अन्त्य गरेको बताइएको छ

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो। आठौं अधिवेशनमा बागमती प्रदेश सभाको २३ वटा बैठक बसेको छ ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनुपर्ने अवस्थामा एकाएक अधिवेशन अन्त्य गरिएको विषयलाई अर्थापूतना मानिएको छ । यसलाई