नेकपा एकीकृत समाजवादी सरकारमा जान्छ: माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा जाने बताएका छन् । नयाँ दलले मान्यता पाएपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सरकारमा जाने बताए ।
अध्यक्ष नेपालले आफूहरुको पार्टी सरकारमा सहभागी हुने बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो धारणा राखिरहेका छन् ।
“हामी सरकारमा जान्छौँ । पाँच दल भन्न हिजो गाह्रो थियो । पाँच दलीय गठबन्धन अझै अघि बढ्छ । हामी सरकारमा जान्छौँ । कम्युनिष्ट पार्टी छोड्दैनौँ,” उनले भने ।