पार्टी फुटाउनेमाथि कारबाहीको तयारी, एमाले केन्द्रीय कमिटी बैठक सुरु - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

पार्टी फुटाउनेमाथि कारबाहीको तयारी, एमाले केन्द्रीय कमिटी बैठक सुरु



काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । दल विभाजनपछि एमालेको पहिलो केन्द्रीय बैवठक तुल्सीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको हो ।

बैठक महाधिवेशन केन्द्रीत हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार १० बुँदेको मोडालिटीबारे पनि बैठकमा छलफल हुनेछ ।

आजको बैठकले स्थायी कमिटी बैठकले गरेका निर्णयहरू अनुमोदन गर्नेछ । त्यस्तै पार्टी फुटाएर नयाँ दल गठन गर्नेमाथि कारबाही गरिने तामाङले जानकारी दिए ।

नेकपा एमाले विभाजन गरेर माधवकुमार नेपाल समूहले नेकपा (एकीकृत समाजवादी) दर्ता गरेका छन् ।