शेरधन राईले दिए राजीनामा, आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी
विराटनगर-प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राईले राजीनामा दिएका छन् ।नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य चयन भएपछि राईले राजीनामा दिएका हुन् ।
बिहीबार विराटनगरको होटल एसियाटिकमा बसेको संसदीय दलको बैठकबाट आचार्य दलको नेता चयन भएका हुन् ।
नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेतामा चयन भएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।
आचार्यलाई आजै मुख्यमन्त्रीको रुपमा सपथग्रहण गराउने तयारी छ । प्रदेश प्रमुखको कार्यालयले बिहीबार दिउँसो मुख्यमन्त्रीको सपथग्रहण गराउने तयारी गरेको छ ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले आज दिउँसो सपथग्रहण गर्ने अनौपचारिक जानकारी आएको पुष्टि गरे ।