माधव नेपाल पक्षमा एमालेका २९ सांसदले गरे हस्ताक्षर - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

माधव नेपाल पक्षमा एमालेका २९ सांसदले गरे हस्ताक्षर



काठमाडौं- एमालेबाट विभाजन भएर अलग पार्टी बनाउने पक्षमा एमालेका २९ सांसदले हस्ताक्षर गरेका छन्। बुधबार निर्वाचन आयोगमा सनाखतका लागि राष्ट्रिय सभा र प्रतिनिधि सभाका २९ सांसद उपस्थित भएको एकीकृत समाजवादीले दाबी गरेको छ।

एमालेका कुल सांसदको २० प्रतिशत वा केन्द्रिय कमिटिको २० प्रतिशत भएमा पार्टी विभाजन हुन सक्ने राजनीतिक दल सम्बन्धी अध्यादेशमा उल्लेख छ।

सोही अध्यादेश अनुसार माधव नेपालपक्षले एमालेबाट अलग भएर नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए। उनीहरुको निवेदन अनुसार नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि आयोगले आज सनाखत गरेको हो। एकिकृत समाजवादीले ३१ सांसद र ६५ केन्द्रीय सदस्य उपस्थित हुने दाबी गरेको छ।