थप ३ सांसद माधव नेपाल पक्षमा थपिए - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

थप ३ सांसद माधव नेपाल पक्षमा थपिए



काठमाडौं- माधव नेपाल नेतृत्वको नयाँ पार्टीमा थप ३ जना सांसदहरू थपिएका छन् । माधव नेपाल समूहकै नेकपा एकीकृत समाजवादीमा रहने र त्यसका लागि सनाखत गरिपाउँ भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्।

प्रस्तावित नेकपा एकीकृत समाजवादीका नेताहरु सनाखतका लागि निर्वाचन आयोग पुगेका छन्। उनीहरूसँग सांसदहरू माया ज्ञवाली, सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले आयोगमा निवेदन दिएका हुन्।

पार्टी गठनका बेला भने नेपाल समूहका २९ जना सांसदको मात्रै हस्ताक्षर थियो। अध्यक्ष माधवकुमार नेपालसहित सांसद तथा केन्द्रीय सदस्यहरु दल दर्ताको सनाखतका लागि चन्द्रागिरिबाट निर्वाचन आयोग पुगेका हुन्।

यसअघि नयाँ पार्टी गठनमा आफ्नो सहमति नरहेको बताएका नेता प्रदीप नेपाल पनि सनाखतका लागि आयोगको कार्यालयमा पुगेका छन्। निर्वाचन आयोगले बुधबार बिहान ११ बजेदेखि २ बजेसम्म सनाखतका लागि समय निर्धारण गरेको छ।

दल दर्ताका लागि आवेदन दिएको समयमा हस्ताक्षर गरेका नेताहरुको मात्र सनाखत हुने आयोगले जनाएको छ।नाम मात्रै उल्लेख भएका र पछि आयोगमा निवेदन दिएका केन्द्रीय सदस्य एवं सांसदहरुलाई सनाखतमा सहभागी नगराउने निर्णय आयोगले गरेको हो।