सभामुख आराम गर्दै, एमाले नेताहरू कार्यकक्षमा कुर्दै - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

सभामुख आराम गर्दै, एमाले नेताहरू कार्यकक्षमा कुर्दै



काठमाडौँ- नेकपा एमालेले कारबाही गरेका १४ सांसदलाई पद मुक्त गर्न माग गर्दै एमालेका सांसदहरू सभामुखको कार्यकक्षमा पुगेका छन् । सभामुख बिर्रामी भएर आराम गरिरहेको भनिएका बेला उनीहरू सभामुखको कार्यक्षमा पुगेका हुन्।

लगातार दवाव दिइरहेका एमाले सांसदहरूले पार्टीले पद मुक्त गरेको सांसदहरूलाई किन कारबाही नगरेको भन्दै थप दवाव दिएका छन् । एमालेका नेताहरू आज पनि सभामुखको कार्यकक्षमा पुगेका हुन् ।

मंगलबार दाँतको उपचार गरेका सभामुख अग्निप्रसाद सापकोटा आफ्नै निवासमा आराम गरिरहेको उनको सचिवालयले जनाएको छ । उनको कार्यकक्षमा मानन्धरसहित खगराज अधिकारी, शान्ता चौधरी, सूर्य पाठक, विद्या भट्टराईलगायत नेताहरू पुगेका हुन् ।

एमालेले माधव नेपालसहित १४ सांसदहरूलाई कारबाही गरेको पत्र संसद सचिवालयमा बुझाइसकेको छ ।