योगेश भट्टराई बने एमालेको प्रवक्ता - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

योगेश भट्टराई बने एमालेको प्रवक्ता



काठमाडौं- नेकपा एमालेको प्रवक्ताको जिम्मेवारी योगेश भट्टराईले पाएका छन् । एमालेले आयोजना गरेको पत्रकार सम्मेलनलाई पूर्वमन्त्री योगेश भट्टराइले सञ्चालन गरेका छन्।

ललितपुरको तुल्सीलाल स्मृति भवनमा स्थायी कमिटी बैठकका निर्णय र पार्टीमा देखिएको पछिल्लो अवस्थाको बारेमा ओलीले पत्रकार सम्मेलन आयोजना गरेका हुन्। बैठकमा एमाले प्रवक्ताको जिम्मेवारी योगेश भट्टराईले सम्हालेका हुन्।

मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीका संरचना २ जेठ ०७५ कै अवस्थामा ब्यूँताउने सहमति गरेसँगै बुधबारदेखि भट्टराई प्रवक्ताकै जिम्मेवारीमा फर्किएका हुन्।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनुअघिसम्म भट्टराई पार्टी प्रवक्ताकै जिम्मेवारीमा थिए। मंगलबारसम्म प्रदीप ज्ञवाली पार्टी प्रवक्ता थिए।

मंगलबार सम्पन्न स्थायी समिति बैठकले गरेका निर्णयबारे जानकारी गराउन आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ताका हैसियतमा भट्टराईले जिम्मेवारी सम्हालेर पार्टी २ जेठ ०७५ कै अवस्थामा पुगेको सन्देश दिन खोजेका छन्।