रेशम चौधरीले गरे जेलबाटै हस्ताक्षर सनाखत - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

रेशम चौधरीले गरे जेलबाटै हस्ताक्षर सनाखत



काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारी सदस्य रेशम चौधरीले जेलबाटै हस्ताक्षर सनाखत गरेका छन्। उनले प्रस्तावित महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई समर्थन गर्दै हस्ताक्षर सनाखत गरेको पार्टीका नेता राजेन्द्र महतोले जानकारी दिए।

प्रतिनिधिसभाका निलम्बित सांसद चौधरी डिल्लीबजार कारागारमा छन्।महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका ३१ कार्यकारी सदस्य दर्ता प्रयोजनका लागि निर्वाचन आयोग पुगेका हुन्।

निर्वाचन आयोगले पार्टी सनाखतका लागि दुईवटा डेस्क छुट्याएको छ। माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका लागि सनाखत गर्न छुट्टाटुट्टै डेस्कको व्यवस्था गरेको हो।

प्रस्तावित दुवै पार्टीले केही दिनअघि नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।