प्रदीप नेपाल पनि नेकपा एकीकृत समाजवादीमा - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

प्रदीप नेपाल पनि नेकपा एकीकृत समाजवादीमा



काठमाडौं- नेकपा (एमाले)का नेता प्रदीप नेपाल पनि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षमा उभिएका छन्।

२ भदौमा एकीकृत समाजवादी दर्ताका लागि निवेदन दिंदा केन्द्रीय सदस्यमा प्रदीप नेपालको नाम थिएन। उनी एमालेमै रहेको चर्चा चलेको थियो।

आज भने उनी एकीकृत समाजवादीको पक्षमा सनाखत गर्न निर्वाचन आयोग पुगेका छन्। उनले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई नै समर्थन जनाउन आयोग पुगेको बताएका छन्।

उनी एमालेको संगठन निर्माणकर्तामध्ये एक हुन्। एमालेको अहिलेको बलियो संगठन निर्माणमा प्रदीप नेपालको महत्त्वपूर्ण भूमिका छ। उनलाई एमालेभित्र कुशल संगठकका रूपमा पनि लिने गरिएको छ।

यति वेला भने उनी एमाले छोडेर एकीकृत समाजवादीमा लागेका छन्।