यता न उता भए वामदेव - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

यता न उता भए वामदेव



काठमाडौं- पार्टी विभाजनपछि नेकपा एमालेभित्र नेताहरू तानातानको शृंखला सुरु भएको छ । वरिष्ठ नेता माधव नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताको प्रक्रिया अघि बढाएपछि विगतमा नेपाल खेमाबाट टाढिएका उनका सम्धी सोमप्रसाद पाण्डे पुनः नेपालतिरै फर्किएका छन् ।

उता, माधव नेपाललाई साथ दिने बताउँदै आएका एमाले उपाध्यक्ष वामदेव गौतम भने दुवै पार्टीका बैठकमा सहभागी भएका छैनन् । चन्द्रागिरि रिसोर्टमा प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीको बैठकमा विगतमा एमालेमै रहेका भनिएका पाण्डे, माया ज्ञवाली, रामप्रित पासवानलगायतका नेता सहभागी भएको सो पार्टीका नेता जगन्नाथ खतिवडाले बताए ।

उपाध्यक्ष गौतम भने नेपाल पक्षधर नेताहरूको बैठकमा सहभागी भएनन् भने तुल्सीलाल स्मृति प्रतिष्ठानमा स्थायी कमिटी बैठकमा समेत सहभागी भएनन् । अघिल्लो दिनमात्रै दिउसो ओली समुहमा र साँझ नेपाल समूहमा छु भनेका गौतम अन्तिम समयमा भने कतै देखिएका छैनन् ।

एमाले पार्टी कार्यालयका शेरबहादुर तामाङका अनुसार गौतम ओली समूहको बैठकमा सहभागी भएनन् । विगतमा नेपाललाई साथ दिँदै आएका १० जना स्थायी कमिटी सदस्य जारी बैठकमा सहभागी भए पनि गौतम बैठकमा उपस्थित भइनसकेको तामाङले जानकारी दिए नहुँदा चासोको रूपमा हेरिएको छ।

पार्टी विभाजनको कसरत भइरहेका वेला दुवैतर्फबाट केन्द्रीय सदस्य पनि तानातान चलिरहेको छ । निर्वाचन आयोगले बुधबार नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि सनाखत गर्न साढे दुई घन्टाको समय छुट्याएको छ ।