माओवादीको प्रवक्ताबाट नारायणकाजी हटाइए, महरालै थपियो जिम्मेवारी - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

माओवादीको प्रवक्ताबाट नारायणकाजी हटाइए, महरालै थपियो जिम्मेवारी



काठमाडौं- नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाएको छ । पछिल्लो समय पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग रुष्ट बनेका श्रेष्ठले आफू प्रवक्ता बस्न नसक्ने बताएपछि पार्टीले हटाएको हो ।

उनको स्थानमा पूर्वसभामुख कृष्णबहादुर महरालाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको छ। माओवादी केन्द्रीय कमिटी बैठकले महरालाई प्रवक्ताको जिम्मेवारी दिएको जनाइएको छ । सभामुखबाट राजीनामा दिएपछि पार्टीमा पनि उनको सक्रियता घटेको थियो।

यसअघिका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रवास समितिको इन्चार्ज बनाइएको छ। अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मालाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ।

नारायण शर्मा प्राध्यापक सम्बद्ध संगठनहरुको इञ्चार्ज बनाइएका छन् भने केन्द्रीय कार्यालय इञ्चार्ज वर्षमान पुन बनेका छन्। त्यस्तै अध्यक्ष प्रचण्डले भने स्कुल विभाग सम्हालेका छन् ।