'अष्टलक्ष्मीलाई मैले नै मुख्यमन्त्री बन्नुस भनेको हो, अहिले अफ्ठ्यारोमा हुनुहुन्छ' - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

‘अष्टलक्ष्मीलाई मैले नै मुख्यमन्त्री बन्नुस भनेको हो, अहिले अफ्ठ्यारोमा हुनुहुन्छ’



काठमाडौं- माधवकुमार नेपालले बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आफ्नै सल्लाहमा मुख्यमन्त्री बनेको भएपनि अप्ठेरोमा रहेको बताएका छन्।

प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष समेत रहेका नेपालले चन्द्रागिरि रिसोर्टमा मंगलबार बसेको केन्द्रीय समिति बैठकपछि पत्रकार सम्मेलनमा शाक्य आफ्नै सल्लाहमा मुख्यमन्त्री बनेको बताएका हुन्।

‘उहाँ (अष्टलक्ष्मी शाक्य) मेरै चाहना र सुझावअनुसार मुख्यमन्त्रीमा जानुभएको हो। तर उहाँ पनि अप्ठेरोमा हुनुहुन्छ’, नेता नेपालले भने, ‘पार्टी दर्ता भएको २१ दिनभित्र उहाहरूलाई पार्टी रोज्ने अधिकार हुन्छ। त्यो समय भित्र कता रोज्नुहुन्छ। उहाँमाथि भर पर्ने कुरा हो। तर अहिले मेरो अनुमतिबाट नै जानुभएको हो।’

नेता नेपालले आफूहरूलाई पार्टीबाट निष्कासन गरिएपछि बाध्य भएर नयाँ पार्टी गठन गर्नुपरेको बताए। उनले आफूहरूसँग केन्द्रीय समिति र संसद दुबैमा २० प्रतिशतभन्दा बढी सदस्य रहेको दाबी समेत गरे।