झलनाथ खनालले निर्वाचन आयोगलाई पठाए पत्र
काठमाडौं । नेता झलनाथ खनालले निर्वाचन आयोगलाई नयाँ दिल्लीबाट नै पत्र पठाएका छन् । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले आफूलाई दिल्लीबाटै सनाखत गराइदिने व्यवस्था मिलाइदिन निर्वाचन आयोगलाई पत्र पठाएका हुन् ।
आयोगले दल दर्ताका लागि बुधबार केन्द्रीय सदस्य र सांसदहरुको सनाखत गर्दै छ । खनालले आफूले नेकपा (एमाले) त्यागेको र एकीकृत समाजवादीमा रहेको जानकारी पनि गराएका छन् ।
उनी दिल्लीमा उपचाररत रहेकाले दूतावासबाट सनाखत गर्ने व्यवस्था मिलाउन आग्रह गर्दैै पत्र पठाएको आयोगका सचिव सुरेश अधिकारीले जानकारी दिए ।
“म नेकपा (एकृकीत समाजवादी) पार्टीमा छु । म दिल्लीमा उपचारत रहेकाले नेपाली राजदूतावास दिल्लीबाट नै उक्त पार्टीमा सनाखत गरी पाऊँ भन्ने पत्र आएको छ,” उनले भने । त्यसबारे निर्णय भइ नसकेको अधिकारीले बताए ।