माधव नेपाल पक्षका नेताहरू सशरीर उपस्थित हुन निर्वाचन आयोगको निर्देशन - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

माधव नेपाल पक्षका नेताहरू सशरीर उपस्थित हुन निर्वाचन आयोगको निर्देशन



काठमाडौँ । निर्वाचन आयोगले माधव कुमार नेपालको नयाँ पार्टीका सदस्यलाई सशरीर उपस्थित हुन निर्देशन दिएको छ ।

नेपाल नेतृत्वको प्रस्तावित नेकपा (समाजवादी पार्टी) दर्ता प्रक्रिया सुरु भएसँगै सनाखत गर्न निर्वाचन आयोगले समय तोकेको छ । आयोगले भोलि बिहान ११ः३० बजेदेखि २ बजेसम्म सशरीर उपस्थित भई सनाखत गर्नु पर्ने जनाएको हो ।

सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेसँगै नेता नेपाल समूहले नयाँ दल दर्ता प्रक्रिया सुरु गरेको थियो । अध्यादेशअनुसार संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत आयोगमा उपस्थित भए नयाँ दल दर्ताले मान्याता पाउने छ ।

नेपालले नयाँ दल दर्ता गर्न ५७ जना केन्द्रीय सदस्यहरूको नामावली निर्वाचन आयोगमा बुझाएका थिए ।