चुनावमा शंकर पाेखरेलको जमानत जफत गराउने मेटमणिको घोषणा - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

चुनावमा शंकर पाेखरेलको जमानत जफत गराउने मेटमणिको घोषणा



रूपन्देही- प्रस्तावित नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का केन्द्रीय सदस्य मेटमणी चौधरीले आगामी चुनावमा एमालेका नेता शंकर पोखरेलको जमानत जफत गराउने घोषणा गरेका छन् ।

पार्टीको दाङ निर्वाचन क्षेत्र नं. १ को आयोजनामा भएको भेलामा संबोधन गर्दै नेता चौधरीले यस्तो बताए । लुम्बिनी प्रदेशको राजधानी ल्याउन शंकर पोखरेलको मात्रै भूमिका नभई प्रदेशको बीच भागमा पर्ने भएकाले भालुवाङ तोकिएको समेत उनले बताए ।

अहिले शंकर पोखरेलले देउखुरी क्षेत्रमा चुनाब लड्ने चर्चा चलिरहेको भन्दै यदि देउखुरीमा चुनाब लड्न आए सम्पूर्ण खर्च व्यहोर्ने बताउँदै जमानत जफत गरेर पठाउने उनले बताए ।

उनले भने, ‘यदि शंकर पोखरेल देउखुरी चुनाब लड्न आए भने म चुनाबमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्छु, यो क्षेत्रमा आए भने हामी एक हजार पनि भोट कटाउन सक्दैनन् ।’

शंकर पोखरेलले बेलझुण्डीमा लुम्बिनी प्रदेशको स्थायी राजधानी लैजान चाहेको भन्दै बीचमा भालुवाङ पर्ने भएकाले नै भालुवाङमा राजधानी तोकिएको उनको भनाई थियो ।

उनले भूमि सुधार मन्त्रालय आफ्नो भागमा पर्ने बताएका छन् । उनले चुनाबसम्म सबै सुकुम्वासीलाई जग्गा दिइसक्ने बताए ।

उनले यसअघिको आयोगमा वेथितिहरु धेरै भएको समेत बताए ।‘देशै भर आयोगमा ज्वाई, साशुहरुलाई भर्ना गर्ने काम भयो’, उनले भने‘ जग्गा दिन्छौं भनेर धेरै ठाउँका सुकुम्वासीहरुबाट पैसा असूली गरेको भन्ने गुनासो पनि आएका छन् ।’

‘सम्भवः हाम्रो भागमा भूमि सुधार मन्त्रालय पर्छ’,उनले भने‘ प्रदेश, केन्द्र, स्थानीय तहसबैमा हाम्रो नेतृत्वमा सुकुम्वासी आयोग गठन हुन्छ, हामी दिन्छौं ।’