एमालेका मध्यमार्गी नेतालाई खगेन्द्रले दिए 'पत्रु पुस्ता' उपनाम - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

एमालेका मध्यमार्गी नेतालाई खगेन्द्रले दिए ‘पत्रु पुस्ता’ उपनाम



काठमाडौं- लेखक तथा व्यंग्यकार खगेन्द्र संग्रौलाले नेकपा एमालेमा दोस्रो पुस्ता भनेर चिनिएका र ओलीको सरणमा परेका नेताहरूलाई पत्रु पुस्ताको संज्ञा दिएका छन्। उनले विचारले टाट पल्टेको र नैतिकतामा च्युत भएको अनि भिजन नभएको पुस्ता पनि भनेका छन् ।

मंगलबार बिहानै एक ट्वीट गर्दै संग्रौलाले पहिले यिनीहरूले नै ओलीलाई गद्दीबाट खसालेर वर्ग शत्रुलाई प्रधानमन्त्री बनाएको र अहिले आत्महीन मुद्दामा ओली प्रव्रित्तिमै घुलित भएको बताएका छन् ।

उनले भनेका छन्, ‘अब ओली प्रवृत्तिको कमाण्डमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालाई जमठ बनाउने होलान ।’

‘इष्टदेव ओलीलाई गद्दीबाट खसाले,”वर्ग शत्रु”देउवालाई गद्दीमा बसाले। र आत्महीन मुद्रामा ओली प्रवृत्तिमै घुलित भए। दोस्रो पुस्ता होइन,यी पत्रु पुस्ता हुन्। विचारमा टाट, नैतिकमा च्यूत, भिजनमा ठिस। अब ओली प्रवृत्तिको कमाण्डमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालाई जमठ बनाउने होलान। हरेराम !’

त्यसअगाडी उनले लेखेका थिए,-

‘पहिले तिनले भने- जेमराजसँग यो नर्कमा बसिँदैन। कम नारकीय लोकको निर्माण गरिन्छ, स्वाभिमानसाथ सास फेरिन्छ।
अहिले उही जेमराजसामु घुँडा टेक्दै तिनले भने- ख्वामितको छत्रछायाँबाहिर, नरकदेखि पर अस्तित्वबोध गर्न सकिएन।ख्वामित् हजुरको म त दास पो हुँ, तसर्थ म पवनपुत्रको सभक्ति सलाम!’