बिजेपीका नेता काठमाडौ आएपछि माधव समूहका नेता चन्द्रागिरी रिसोर्टमा, ५० बेड बुकिङ
काठमाडौँ- एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका वरिष्ठ नेता माधव नेपालले आफू निकट नेताहरूलाई चन्द्रागिरी रिसोर्टमा लगेका छन् ।
निर्वाचन आयोगमा सनाखतको तयारी भइरहेका बेला विभिन्न चलखेल हुन थालेपछि नेता नेपालले आफू पक्षका नेताहरलाई रिसोर्टमा राखेका हुन् । भारतीय नेता नेपाल आएपछि नेताहरू दायाँबायाँ हुने आशंका गरिएका बेला उनीहरूलाई एकत्रित गरेर राख्न एकान्तवास लगिएको हो ।
नेपालनिकट नेताहरू आवासीय भेलाका लागि चन्द्रागिरी रिसोर्ट पुगेको बताइएको छ । स्रोतअनुसार उनीहरूका लागि सोमबार करिब ५० बेड बुकिङ गरिएको छ ।
एमाले अध्यक्ष केपी ओलीले कारबाही फिर्ता लिने लगायतका एजेन्डामा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएपछि नेपाल निकट नेताहरू यत्रतत्र लाग्ने आँकलन गरिएको थियो ।