किन पुगे माधव नेपाल शितलनिवास ?, राष्ट्रपतिसँग दुई घण्टा छलफल
काठमाडौ- नेकपा एमाले विभाजन गरेर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका वरिष्ठ नेता माधव कुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् ।
नेकपा एकीकृत समाजवादी गठन गरेर सरकारमा सहभागी हुने तयारी गरेका नेता नेपाल र राष्ट्रपति भण्डारीबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।
सोमबार बिहान राष्ट्रपति निवास शित्तल निवास पुगेर नेत नेपालले दुई घण्टा छलफल गरेका थिए । एमाले एकता बचाउने अभियान चलिरहेका बेला उनीहरूले छलफल गरेका हुन् ।
यसअघि पनि पार्टी एकताको विषयमा चासो रख्ने गरेकी राष्ट्रपति भण्डारी पछिल्लो समय सक्रिय बनेकी छन् ।