लुम्बिनीमा ओलीलाई अर्को झट्का: सांसदलाई कारबाही गर्न नमिल्ने - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

लुम्बिनीमा ओलीलाई अर्को झट्का: सांसदलाई कारबाही गर्न नमिल्ने



बुटवल- लुम्बिनी प्रदेशसभा सचिवालयले नेकपा एमाले ओली समूहलाई झट्का दिएको छ । सचिवालयले दुई सांसदलाई निष्कासन गर्न नमिल्ने बताएको छ ।

एमालेले कारबाही गरेका सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न नमिल्ने सचिवालयले बताएको छ ।

ह्वीप उल्लंघन गरेको भन्दै एमालेले सांसद शाही र वलीलाई दलबाट निष्कासनको कारबाही गरी पदमुक्त गर्न सभामुखसमक्ष पत्र दिएको थियो ।तर ती सांसदलाई पदमुक्त गर्न मिल्ने आधार नदेखिएकाले पदमुक्त नगरेको भन्दै पत्र पठाइएको छ ।

सचिवालयका अनुसार एमालेले प्रदेश सभा नियमावली २०७४ को नियम १८८ अनुसार दलगत विवरण बुझाउँदा उनीहरुको नाम समावेश गरेपनि व्यक्तिगत विवरणमा एमालेको नाम उल्लेख नभएकाले पदमुक्त गर्न नमिलेको पत्र दिइएको छ ।