एमालेको माधव नेपाल पक्षको बहुमत पुग्ने दाबी - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

एमालेको माधव नेपाल पक्षको बहुमत पुग्ने दाबी



काठमाडौं– नवगठित नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र राईले एमालेको माधव नेपाल पक्षमा स्पष्ट बहुमत रहेको दाबी गरेका छन् ।

नेता नेपालले नेकपा एमाले फुटाएर निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराएसँगै एमालेका ५७ जना केन्द्रीय सदस्यहरू तटस्थ बसेपछि नेता राईले यस्तो दाबी गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘माधवपक्षीय एकता अभियानवाला ५७ रे, यता नयाँ पार्टी दर्तामा हस्ताक्षर गर्ने ५८, दुवै जोड्दा ११५, निर्वाचन आयोगमा दर्ता भएको एमाले केन्द्रीय सदस्य संख्या २०३, भनेपछि माधव पक्षको बहुमत देखियो ११५ ।’

एमालेका २०३ केन्द्रीय सदस्यमध्ये ११५ जना माधव नेपालको पक्षमा भएकाले चिह्न र नाम पाउने अवस्था देखिएको राईले तर्क गरेका छन् ।

‘चिन्ह र नाम त पाइने देखियो,’ उनले भनेका छन् । निर्वाचन आयोगले सनाखतका लागि नेपाल पक्षलाई भदौ ९ गते आयोगको कार्यालयमा उपस्थित हुन भनेको छ ।प्रस्तापवत नेकपा उकीकृत समाजवादीमा ९५ जना केन्द्रीय सदस्यहरु छन् ।