सभामुखले भेट नदिएपछि रित्तो हात फर्किए ओली निकट सांसदहरू - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

सभामुखले भेट नदिएपछि रित्तो हात फर्किए ओली निकट सांसदहरू



काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्ष घेराउ गर्न गएका ओलीनिकट नेताहरु रित्तै फर्किएका छन्। माधव नेपालसहितका १४ सांसदलाई पार्टीले गरेको कारबाही बारे सूचना टाँस गर्न माग गर्दै उनीहरू अभामुख्को कार्यकक्षमा पुगेका थिए ।

सभामुख सापकोटाले उनीहरुलाई भेट्न नमानेपछि उनीहरु फर्किएको बतैएको छ।उनीहरुले माधव नेपालसहित उनका पक्षका १४ सांसदलाई पार्टीले गरेको कारबाहीको सूचना चाँडो दिन माग गर्दै सिंहदरबारस्थित सभामुख कक्षमा पुगेका थिए।

खगराज अधिकारी, महेश बस्नेत, शान्ता चौधरी, गोकुल बाँस्कोटा, लालबाबु पण्डितलगायतका नेताले पार्टीले गरेको कारबाहीका बारे सूचना टाँस्न माग गरेका थिए। तर, सापकोटाले उनीहरुलाई भेटेनन्।

ओलीनिकट नेताहरू दिनहुँ सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर पार्टीले हटाएका १४ सांसदलाई पदमुक्त गर्न दबाब दिइरहेका छन्। बिहीबार पनि मुख्य सचेतक विशाल भट्टराईलगायतका नेताहरूले सभामुख सापकोटालाई भेटेका थिए।