एमालेमा नयाँ गुट र नयाँ रणनीति बनाउन जुटे माधव नेपाल छोडेका नेताहरू - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

एमालेमा नयाँ गुट र नयाँ रणनीति बनाउन जुटे माधव नेपाल छोडेका नेताहरू



काठमाडौं- नेकपा एमालेमा माधव नेपालली विद्रोह गर्न उक्साउने र अन्तिम समयमा साथ् नदिने नेताहरूले नयाँ रणनीति बनाएर अगाडी बढ्ने भएका छन् । उनीहरूले नयाँ रणनीति निर्माण गर्नका लागि शुक्रबार काठमाडौँमा बैठकको आयोजना गरेका छन् ।

एक सदस्यका अनुसार काठमाडौंमा उपलब्ध नेताहरूलाई बैठकमा बोलाइएको बताइएको छ । माधवको साथ् छोड्दा ओली समुहको वाहवाही पाएका तर नेपाल समुहले दुत्कारेका आफूहरूलाई कतै नलागेको दाबी गर्ने नेताहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट सुरेन्द्र पाण्डे र रघुजी पन्तले छलफलका लागि बैठक बोलाएको बताइएको छ ।

छलफलमा पहिला माधव नेपाल पक्षमा लागेका तर पार्टी विभाजनपछि कतै पनि नलागेका स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरू सहभागी हुन लागेको बताइएको छ । पार्टी एकताको पक्षमा रहेर काम गर्दै आएका नेतालगायत पार्टी फुटमा कतै नलागेका एमालेका काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यसमेतको सहभागितामा छलफल गर्न लागेको एक नेताले बताए ।

एमाले विभाजन रोक्न भन्दै बनाइएको कार्यदलमा समेत रहेका तत्कालिन नेपाल पक्षका नौ नेताले बिहीबार राति संयुक्त अपिल जारी गर्दै अध्यक्ष केपी ओलीलाई १० बुँदे कार्यान्वयन गर्न आग्रह गर्नुका साथै १४ नेतालाई गरेको कारबाही फिर्ता गर्न भनेका थिए । साथै माधव नेपाललाई फरक पार्टी गठनको प्रयास छोड्न समेत सुझाव दिएका थिए ।

नौ नेताले जारी गरेको अपीलमा सरकारले पार्टी विभाजनका लागि ल्याएको अध्यादेशको समेत विरोध गरेका थिए । यसरी अपिल जारी गर्नेहरूमा रहेका छन् । ओली र नेपाल पक्ष कतै पनि नखुली अझै पार्टी एकताको पहल गरिरहेका छन् । तर उनीहरूले भनेजस्तो ओलीले नमान्ने भएकाले एमालेमा ओली र नेपालपछि तेस्रो धारका रूपमा स्थापित गर्ने उनीहरूको प्रयास छ ।

अब नेकपा एमालेको तेस्रो गुटका रुपमा देखिएका यी नेताहरूले नयाँ रणनीति बनेर अगाडी बढ्ने तयारी गरेका हुन् । उनीहरूको यो क्रियाकलापलाई ओली समुहका नेताहरूले एमालेमा अर्को गुट बनाउन लागेको संज्ञा दिएका छन् ।