१४ सांसदलाई छिटो कारबाही गर्न सभामुखलाई एमालेको दवाव - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

१४ सांसदलाई छिटो कारबाही गर्न सभामुखलाई एमालेको दवाव



काठमाडौं- नेकपा एमालेले माधव नेपालसहित १४ जना प्रतिनिधिसभा सदस्यमाथि गरेको कारवाही तत्काल अगाडि बढाउन सभामुखलाई दबाब दिने भएको छ।

मंगलवार कारवाही सिफारिस गरे पनि सभामुखले प्रक्रियामा अघि नबढाएको भन्दै एमालेका प्रमुख सचेतक बिशाल भट्टराई नेतृत्वको टोलीले बुधवार सभामुख अग्नि सापकोटालाई भेटेर दवाब दिने भएको हो।

सभामुख र एमालेका नेताहरुबीच आज बिहान ११ बजे यस बारेमा छलफल हुने भएको छ। एमालेले पार्टीको ह्वीप उल्लंघन गरेको र विभाजनकारी गतिविधिमा लागेको भन्दै माधव नेपालसहित १४ जना सांसदलाई कारवाही गरेको थियो ।

राजनीतिक दलसम्बन्धी ऐन अनुसार सभामुखले सो सूचना १५ दिनभन्दा बढी रोक्न सक्दैनन्।

यसघअघि कारवाहीमा परेका १४ जना सांसदले पनि बुधवार संसद सचिवालयमा विरोधको सूचना लगेर आफूहरुमाथिको कारवाही असंवैधानिक र गैरकानूनी भएकाले रोक्न माग गरेका थिए।

अवैधानिक रूपमा कारबाही गरिएको भनि पठाएको पत्रमा कुनै कारबाही नगर्ने व्यवस्था मिलाई पाँउ भन्दै नेकपा एमालेका १४ जना प्रतिनिधिसभा सदस्यले लिखित निवेदन दिएका हुन्।

आफूहरूमाथिको निष्कासन र सांसदबाट पदमुक्त गर्ने पार्टीको निर्णय कार्यान्वयन नगर्न माग गर्दै माधव नेपाल संसद सचिवालयलाई पत्र पठाएका हुन्।