कारबाहीमा परे वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेल - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

कारबाहीमा परे वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेल



काठमाडौं- नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेल कारबाहीमा परेका छन् । पछिल्लो समय विवादित बनेका पौडेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा तानिएको छ ।

आफ्नै कार्यालयका कर्मचारीले कार्यालय प्रवेश निषेध गरेपछि तनावमा रहेका पौडेल पछिल्लो समय वायुसेवा निगमलाई निजीकरण गर्न लागिपरेका थिए । पौडेललाई निगमका कर्मचारीले डेढ महिनादेखि कार्यालय प्रवेशमा रोक लगाएका थिए ।

कार्यालय प्रवेश गर्न नपाएपछि तनावमा रहेका महाप्रबन्धक पौडेललाई मन्त्रालयमा हाजिर हुन निर्देशन दिइएको छ । तर खस त के छ भने उनका लागि कार्यकक्ष भने दिइएको छैन । मन्त्रालयका एक कर्मचारीका अनुसार उनलाई घटुवा गरेजस्तै कारबाही गरिएको छ।

अर्थमन्त्री जनार्दन शर्माले जारी गरेको श्वेतपत्रमा पनि वायुसेवा निगम कमजोर व्यवस्थापनका कारण निरन्तर घाटामा गएको भन्दै व्यवस्थापकीय पाटोमा सुधार गर्ने उल्लेख गरेका थिए ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा २१ असोज २०७७ मा महाप्रबन्धकमा नियुक्त भएका उनलाई नयाँ सरकार गठन भएसँगै हटाउने तयारी गरिएको छ ।

मन्त्रिपरिषद्‍को निर्णयबाट नियुक्त गरिएकाले उनलाई सचिवस्तरीय बैठकबाट भने सुरूवा गर्न सकिँदैन । यद्यपि निगममा प्रवेश नपाएपछि उनलाई मन्त्रालयमा आएर हाजिर हुन भनिएको हो ।