देशकै पहिलो महिला मुख्यमन्त्री बनिन् अष्टलक्ष्मी: ८ बजे सपथ - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

देशकै पहिलो महिला मुख्यमन्त्री बनिन् अष्टलक्ष्मी: ८ बजे सपथ



काठमाडौं- अन्ततः वागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन्। उनी देशकै पहिलो महिला मुख्यमन्त्री बनेकी छन् ।

डोरमणि पौडेलले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले मुख्यमन्त्रीमा शाक्यलाई नियुक्त गरेका छन् । शाक्यको ८ बजेपछि शपथ ग्रहण कार्यक्रम राखिएको बताइएको छ ।

यसअघि माधव नेपाल समुहमा रहेकी शाक्य अन्तिम समयमा ओली समुहबाट मुख्यमन्त्री बनेकी छन् । उनले यसअघि ओलीको चर्को विरोध गर्ने गरेकी थिइन् ।

बुधबार विहान शाक्यलाई नेकपा एमाले वागमती प्रदेश संसदीय दलको नेता चयन गरेको थियो। मुख्यमन्त्री पौडेलले आज वागमती प्रदेश एमाले संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्यलाई मुख्यमन्त्री बनाउनेगरी दलको नेता बनाइएको थियो।