माधवलाई छोडेपछि आचार्यलाई चिट्ठा: उपहारमा पाए प्रदेश १ को मुख्यमन्त्री
काठमाडौँ– नेकपा एमाले विभाजन भएपछि प्रदेशमा माधव नेपाल समुहमा रहेका नेताहरूले भटाभट मुख्यमन्त्री पद पाएका छन् । बागमती प्रदेशमा डोरमणि पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउपछि प्रदेश १ मा पनि माधव समुहकै नेता भीम आचार्य मुख्यमन्त्री बन्ने भएका छन् ।
माधव नेपाल समुहका नेता आचार्यलाई गुट परिवर्तन गरेबापत चिट्ठा नै परेको छ । उनले उपहारस्वरूप मुख्यमन्त्री पाउने सम्झौता भैसकेको स्रोतले बताएको छ । स्रोतका अनुसार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हटाएर आचार्यलाई मुख्यमन्त्री बनाउने ओलीले बचन दिइसकेका छन् ।
एमाले विभाजन हुँदा उपहारमा यी दुई नेताले मुख्यमन्त्री उपहार पाएका छन् । यसअघि दुवै स्थानमा ओली समुहका नेताहरू मुख्यमन्त्री थिए । माधव नेपालले नया पार्टीको अभ्यास गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना निकटलाई पद छोडाएर उपहारमा नेपाल समुहका प्रभावशाली नेताहरूलाई मुख्यमन्त्री दिएका छन् ।
ओली निकट प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र बागमतीमा डोरमणी पौडेलको ठाउँमा पूर्व प्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता झलनाथ खनाल निकट नेता भीम आचार्य र यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल समूहतिर रहेको भनिएकी अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्ने भएका छन् ।
सरकारको सिफारिशमा राष्ट्रपतिले ‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३’ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेपछि एमाले नेता माधवकुमार नेपालले आज नेकपा एमाले (समाजवादी) पार्टी दर्ता गर्नका लागि निवेदन दिएका छन् ।
संविधान र कानुनको उल्लंघन गरेको तथा सङ्गठनप्रति प्रतिवद्धता नरहेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वैचारिक मतभिन्नता राखेर माधवकुमार नेपाल समूहसँग रहँदै आएका भीम आचार्य, अष्टलक्ष्मी शाक्य लगायतले मुख्यमन्त्री पदको सुनिश्चिचतासँगै ओलीकै नेतृत्वमा रहन राजी भएको एक एमाले नेताले बताए ।