एमाले समाजवादीको चुनाव चिन्हबारे विवाद
काठमाडौं- माधव कुमार नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीको चुनाव चिन्हबारे अन्योल भएको छ । चुनाव चिन्ह नपाएपछि विवाद हुँदा के हुने भन्नेबारे अन्योलता भएको छ ।
यसअघि पार्टीले प्रस्ताव गरेको ‘खुला किताब’ चुनाव चिन्ह स्वागत नेपाल नेतृत्वको उन्नत लोकतान्त्रिक पार्टीसँग मिलेपछि आज त्यसबारे टुंगो नलागेको हो ।
नवगठित पार्टी एमाले समाजवादीका नेता राजेन्द्र पाण्डेले चुनाव चिन्हबारे पछि निर्णय हुने बताए । उनले यसअघि नै निर्वाचन आयोगमा कलम चुनाव चिन्ह भएको पार्टी पनि दर्ता भइसकेको भन्दै सो पार्टीसँग एकता गरेर पनि चुनाव चिन्ह लिन सकिने विकल्प रहेको उनको भनाइ छ ।