वामदेव र अष्टलक्ष्मी एमाले समाजवादीमै भएको दाबी - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

वामदेव र अष्टलक्ष्मी एमाले समाजवादीमै भएको दाबी



काठमाडौं- नेकपा एमालेको माधव नेपाल समूहले वामदेव गौतम र अष्टलक्ष्मी शाक्य आफ्नै समुहमा रहेको बताएको छ । चुनाव चिह्नविनै नेकपा एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि नेताहरूले यस्तो बताएका हुन् ।

बुधबार निवेदन दर्ता गरेर बाहिरिँदै गर्दा माधव समूहका नेता राजेन्द्र पाण्डेले माधव नेपाल अध्यक्ष रहेको नेकपा एमाले (समाजवादी)को वरिष्ठ नेता झलनाथ खनाल रहेको बताए । उनले बामदेव गौतम पनि आफ्नो टिममा रहेको बताएका छन्। त्यतिमात्र होइन एमालेमा रहेका कतिपय प्रभावशाली नेताहरू आफ्नो समुहमा रहेको दाबी समेत पाण्डेले गरे।

मुख्यमन्त्री पद उपहार पाएर ओली समूहमा गएकी भनिएकी अष्टलक्ष्मी शाक्य पनि आफ्नै समूहमा रहेको दाबी नेपाल समुहले गरेको छ । “उहाँ भोलि के गर्नु हुन्छ थाहा छैन, त्यो उहाँको कुरा हो,” पाण्डेले भने, “तर उहाँ आजसम्म हाम्रै समूहमा हुनुहुन्छ ।”