कार्यदलमा पठाएका सबै नेताले छाडे माधव नेपालको साथ - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

कार्यदलमा पठाएका सबै नेताले छाडे माधव नेपालको साथ



काठमाडौँ- माधवकुमार नेपाललाई लामो समयदेखि साथ दिँदै आएका एमालेका दोस्रो तहका नेताहरुले नयाँ दल गठनसँगै साथ छोडेका छन् । लामो समय साथ् दिएका प्रभावशाली नेताहरूले साथ् छाडेपछि नेता नेपालले तेस्रो तहका नेताहरूलाई लिएर दल गठन गरेका छन् ।

निर्वाचन आयोगमा नेकपा एमाले (समाजवादी) दर्ता गराउन नेपालसँग एमालेको स्थायी कमिटीका सदस्य मुकुन्द न्यौपाने मात्रै रहेका थिए । नेता नेपालले कार्यदलमा पठाएका सदस्यहरूले आफूलाई नै ढोका दिएको निष्कर्ष निकालेका छन् ।

कार्यदलका सदस्य रहेका कुनै पनि नेताहरु नयाँ दल गठनमा आएका छैनन् । एमालेभित्रको विवाद समाधान गर्नका लागि गठन गरेको कार्यदलमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावल, उप–महासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका थिए ।

नेकपाकालको स्थायी कमिटीका सदस्य बेदुराम भुसाल पनि नयाँ दल दर्तामा सहभागी रहेका छन् । सरकारले राजनीतिक दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्यहरुले मात्रै पुग्ने व्यवस्था सहितको अध्यादेश ल्याएपछि नेता नेपालले नेकपा एमाले (समाजवादी) दल दर्ता गरेका छन् ।