घनश्याम भुसाल अन्योलमा - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

घनश्याम भुसाल अन्योलमा



काठमाडौं- नेकपा एमालेका नेता घनश्याम भुसाल एमाले विभाजन हुने भएपछि अन्योलमा परेका छन् । उनले आफ्नो कित्ता स्पष्ट पार्न सकेका छैनन् ।

उनले तत्कालका लागि आफू माधव नेपाल र केपी ओली दुवैतिर नलाग्ने बताएका छन् । ‘म पार्टी विभाजन होइन, एकीकृत गर्नुपर्छ भन्ने लाइनमा छु,’ भुसालले भने, ‘तत्काल मेरो उपस्थिति दुवैतिर रहँदैन ।’

नेपाल समूहमा प्रभावशाली नेताको रूपमा चिनिने भुसालले आफू तत्काल कतैतिर नलाग्ने बताएका छन् । सरकारले दल विभाजन खुकुलो हुने गरी अध्यादेश ल्याएपछि एमालेको नेपाल समूहले एमाले समाजवादी नामको नयाँ पार्टी दर्ता गर्ने प्रक्रिया शुरू गरेको हो ।

भुसालले कतै नलाग्ने स्पष्ट पारिसकेका छन् भने योगेश भट्टराई, गोकर्ण बिष्ट र भीम रावलले पनि पार्टी विभाजनका लागि नेता नेपाललाई सहयोग नगर्ने बताएका छन् ।