९५ सदस्यीय बन्ने भयो एमाले समाजवादी पार्टी - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

९५ सदस्यीय बन्ने भयो एमाले समाजवादी पार्टी



काठमाडौं– एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने टुंगो लगाएको छ। यस्तै नेपालको नेतृत्वमा गठन हुने नेकपा एमाले (समाजवादी) ९५ सदस्यीय हुने भएको छ।

नेपाल पक्षको भेलाले पार्टीको नाम टुंगो लगाउँदै सदस्य संख्याका बारेमा पनि निर्णय गरेको हो। चुनाव चिन्हका बारेमा भने टुंगो लागिनसकेको नेपालपक्षीय एक नेताले बताए।

राष्ट्रपतिबाट अध्यादेश जारी हुनेबित्तिकै माधव नेपालपनि बैठकस्थल पुगेका थिए ।बैठकमा नेपालपक्षीय केन्द्रीय सदस्य र सांसदहरू उपस्थित थिए।

नयाँ पार्टीको संरचनाका बारेमा टुंगो लागिनसकेको नेपालपक्षीय एक सांसदले जनाएका छन्। आजै दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारीमा सो समूह छ।

दल विभाजनसम्बन्धी अध्यादेश राजपत्रमा प्रकाशित हुनेबित्तिकै निर्वाचन आयोग जाने तयारी सो पक्षको छ।