माधव नेपाल समुहमा विवाद : दल दर्ता अन्योलमा - Himal Post Himal Post
  • ९ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Feb 21 2025
Logo

माधव नेपाल समुहमा विवाद : दल दर्ता अन्योलमा



काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समुहमा छुट्टै विवाद देखिएको छ । पार्टी दर्ता गर्नेगरी बानेश्वरको अर्याल होटेलमा भैरहेको छलफलमा केहि नेताहरूले पार्टी विभाजन गर्ने कुरामा आपत्ति जनाएका छन् । आजै नयाँ दल दर्ताको तयारीमा रहेको नेपाल समुहमा फेरी अन्योल देखिएको हो ।

नेपाल समूहका धेरैजसो नेताहरू र स्थायी कमिटी सदस्य तत्काले पार्टी विभाजनको विपक्षमा देखिएपछि थप अन्योलता देखिएको हो । स्रोतका अनुसार दोस्रो तहका सबैजसो नेताहरूले आजै हतारमा निर्णय गर्न नहुने बताएका थिए ।

छलफलमा स्थायी कमिटी सदस्यद्वय मुकुन्द न्यौपाने र बेदुराम भुसालबाहेक अरु नेताहरुले हतार नगर्न आग्रह गरेका थिए । तर तेस्रो तह र चौथो तहका नेताहरू भने एक मिनेट पनि रोकिन नहुने बताएका छन् । स्थायी कमिटी सदस्यहरुले औपचारिक बैठक राख्न नेता नेपाललाई दबाब दिंदै आएका थिए ।

दोस्रो तहका प्रभावशाली नेताहरु बी अन्तिम अबस्थामा आएर पार्टी विभाजनको विपक्षमा उभिएका छन् । नेपाल समुहका कतिपय नेताहरूले उनीहरू ओली पक्षमै लागेको आरोप समेत लगाएका छन् । नेता नेपाल भने पार्टी विभाजन अध्यादेश जारी भईसकेकाले आज नै नयाँ पार्टी गठन गर्ने पक्षमा छन् ।