अफगानिस्तान जाने निर्णय अमेरिकी इतिहासको सबैभन्दा ठूलो भुल: ट्रम्प - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

अफगानिस्तान जाने निर्णय अमेरिकी इतिहासको सबैभन्दा ठूलो भुल: ट्रम्प



काठमाडौं- अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इतिहासमै सबैभन्दा ठूलो भुल गरेको बताएका छन् । उनले अफगानिस्तानमा जानु अमेरिकी इतिहासको सबैभन्दा गलत निर्णय भएको बताएका हुन्।

फक्स न्यूजलाई दिएको एक अन्तर्वार्तामा पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘अमेरिकी सेना विश्वको सबैभन्दा शक्तिशाली हो, र अहिले जे भइरहेको छ त्यसका कारण हाम्रो बदनामी भइरहेको छ। मध्यपूर्वमा जाने फैसला हाम्रालागि अहिलेसम्मको सबैभन्दा नराम्रो निर्णय थियो।’

उनले उक्त गलत फैसलाका कारण अमेरिकाले करोडौं डलरको नोक्सान मात्र नब्यहोरेको भन्दै लाखौं मानिसको ज्यान पनि गएको उल्लेख गरे।

‘हामीले मध्यपूर्वलाई ध्वस्त गरिदियौं। आज हामी त्यही अवस्थामा रहेका छौं जहाँ २०-२१ वर्ष पहिला थियौं। हामीली यति वर्षमा जे बनाएका थियौं आज सबै ध्वस्त भएको छ। यस्तो लाग्छ हामीले दलदलमा खुट्टा राख्यौं र त्यहाँ फस्यौं।’