प्रधानमन्त्री देउवा र डा केसीबीच ५ बुँदे सहमती: अनसन स्थगित - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

प्रधानमन्त्री देउवा र डा केसीबीच ५ बुँदे सहमती: अनसन स्थगित




काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि डा गोविन्द केसीले भदौ ३ गतेदेखि घोषणा गरेको सत्याग्रह कार्यक्रम स्थगित गरेका छन्।

देउवा र केसीबीच मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा वार्ता भएको थियो।

वार्तामा देउवाले सार्वजनिक पदहरुमा नियुक्त गर्दा हुने स्वार्थको द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्ने र स्वास्थ्य राज्यमन्त्रीको विषयलाई उपयुक्त समयमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।

यस्ता छन् सहमतिका ५ बुँदा

१‌‌‌. सार्वजनिक पदहरुमा नियुक्त गर्दा हुने स्वार्थको द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्ने । स्वास्थ्य राज्यमन्त्रीको विषयलाई उपयुक्त समयमा सम्बोधन गर्ने ।

२. बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलन टुंग्याउने क्रममा भएको सम्झौता कार्यान्वयन गर्न तथा बैकुण्ठ अर्याल कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि तत्काल सिनेट बैठक बोलाउने ।

३. पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण गर्न बनेका कार्यदलहरुको प्रतिवेदनलाई कानुनी रुप दिन सम्बन्धित मन्त्रीको नियुक्ति हुनासाथ प्रक्रिया अघि बढाउने।

४. प्रत्येक प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज पुर्‍याउनका लागि निर्माण कार्यलाई तिव्रता दिने।

५. चिकित्सा शिक्षा क्षेत्रमा संशोधनलगायत बाँकी मागहरु तथा यसअगाडि नेपाल सरकारले हामीसँग गरेका सम्झौता कार्यन्वयन गर्ने ।