काठमाडौंमा प्रहरी र युवासंघको झडप: १२ बढी घाइते
काठमाडौं- काठमाडौंको नयाँ वानेश्वरमा प्रहरी र युवासंघबीच झडप भएको छ । सरकारले ल्याएको अध्यादेशको विरोधमा नेकपा एमालेका युवा संगठन युवा संघ नेपालले विरोध प्रदर्शन गरेको थियो ।
युवा संघ नेपालले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । हस्तक्षेपका कारण दुवैतर्फका १२ बढी घाइते भएको बताइएको छ ।
प्रहरी तर्फ पनि केही घाइते भएका छन् भने युवा संघका केही कार्यकर्ता घाइते भएका छन् ।
युवासंघले अध्यादेशको विरोधमा देशव्यापी प्रदर्शन गर्ने भएको छ ।