जसपामा पनि बबन्डर: २० जना केन्द्रीय सदस्यले छाडे उपेन्द्रको साथ - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

जसपामा पनि बबन्डर: २० जना केन्द्रीय सदस्यले छाडे उपेन्द्रको साथ



काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का १८ जना केन्द्रीय सदस्यसहित २० जनाले उपेन्द्र यादव समूह छाडेको घोषणा गरेका छन्।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विष्णु जंगबस्नेतसहित १८ जना केन्द्रीय सदस्य र दुई जिल्ला सदस्यहरुले यादव समूह परित्याग गर्ने घोषणा गरेका हुन्।

यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरम नेपालले पार्टी एकता गर्दा गरेको प्रतिवद्धतालाई लत्याउँदै पार्टीलाई प्राइभेट लिमिटेडको रुपमा चलाएको आरोपसमेत उनीहरुले लगाएका छन्।

पत्रकार सम्मेलनमा बोल्दै जसपाका केन्द्रीय सदस्य समेत रहेका भाडावाल सरोकार समाजका अध्यक्ष बस्नेतले बाध्य भएर यादवको समूह परित्याग गरेको घोषणा गरे।

यस्तै केन्द्रीय सदस्य पदम अधिकारीले २०७२ को संविधानलाई प्रतिगामी भन्दै ६ महिना लामो आन्दोलन गरेर पुनर्लेखन गर्ने प्रतिवद्धता गरेको भए पनि बाबुराम भट्टराईसँग पार्टी एकता भएपछि उत्कृष्ट संविधान भन्न थालेको आरोप लगाए।

यादव समूह छोड्नेहरुमा केन्द्रीय सदस्य हिरालाल भुजेल, ललितपुर जिल्ला अध्यक्ष सनज महत, केन्द्रीय सदस्य उत्तम अधिकारीलगायत छन्।