माधवसहित १४ सांसदलाई ओलीले गरे करबाही: पदमुक्त गरेको पत्र पठाए
काठमाडौं । नेकपा एमालेको ओली समूहले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको पत्र निर्वाचन आयोगमा पठाएको छ ।
ओलीले माधव नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने
रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी
निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा,कृष्णलाल महर्जन, भवानी खापुङ
र मेटमणी चौधरीलाई पदमुक्त गरेको पत्र पठाएका छन् ।
उनीहरुलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ भने निर्वाचन आयोगमा समेत जानकारी गराइएको स्रोतले जनाएको छ ।