डा. केसीसँग देउवाले आफै वार्ता गर्दै: बोलाए बालुवाटार
काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले डा.गोविन्द केसीसंग आफै वार्ता गर्ने भएका छन् । डा. केसीले राखेका मागबारे छलफल गर्न प्रधानमन्त्रीले केसीलाई बालुवाटार बोलाएका हुन् ।
चिकित्सा शिक्षा सुधारका लागि पाँचबुँदे माग राख्दै अनशनको ‘अल्टिमेटम’ दिएका डा. केसीलाई प्रधानमन्त्री देउवाले छलफलका लागि बोलाएको बताइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे छलफलका लागि बोलाएको डा. केसीका प्रेस संयोजक प्रीतम सुवेदीले जानकारी दिए ।
आफ्ना मागहरु पूरा नभए यही भदौ ३ गतेदेखि अनशन बस्ने चेतावनी दिएका डा. केसीलाई अल्टिमेटमको समय सकिन दुई दिन बाँकी रहँदा छलफलमा बोलाइएको हो । सुवेदीका अनुसार छलफलका लागि डा. केसीसहितको टिम ५ बजेअघि बालुवाटार जाने तयारीमा छ ।