आठ जना सांसदलाई हटाउने ओलीको तयारी
काठमाडौं- नेकपा एमालेले समानुपातिक ८ सांसदलाई पनि कारबाही गर्ने तयारी छ । सरकारले राजनीतिक दल विभाजन गर्न सहज हुने अध्यादेश ल्याएपछि ।
एमाले ओली समूहले यसअघि सोधिएको स्पष्टीकरणकै आधारमा उनीहरुलाई कारबाही गर्न लागेको हो । पार्टी विभाजन गर्ने तयारी गरेको माधव नेपाल समुहका आठ सांसदहरूलाई कारबाही गर्ने तयारी गरेको हो ।
यस्तै एमाले ओली समुहले केन्द्रीय कमिटीको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा पठाएको छ । एमाले केन्द्रीय कार्यालयले २६० सदस्यीय केन्द्रीय कमिटीको सूची आयोगमा पठाएको हो ।
नेकपाको एकता खारेज भएसँगै पुनर्स्थापित एमालेमा २६४ जना छन् । उनीहरुमध्ये केहीको मृत्यु भएको र केही राजनीतिक नियुक्तिमा गएकाले २६० जनाको विवरण अध्यावधिक गर्न पठाइएको हो ।हाल आयोगमा भने एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीको विवरण मात्र छ ।