नेपाल समूहमै अध्यादेशको चर्को विरोध - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

नेपाल समूहमै अध्यादेशको चर्को विरोध



काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालकै लाग्रहमा उनकै लागि सहज हुनेगरी राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश ल्याएको चर्चा चल्दैगर्दा नेपाल समूहमै यसको धुँवादार विरोध भएको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेशप्रतिनेपाल समूहकै नेताहरुले असन्तुष्टि जनाएको हो । नेपाल समुहका केहि नेताहरूले यसको चर्को विरोध गरेका छन् । ओली समुहले भने सरकारको निर्णयको प्रतिरोध गर्ने जनाइसकेको छ ।

केहि नेताहरूले वरिष्ठ नेता नेपालले दल विभाजन गर्न खोजे साथ दिन नसक्ने समेत बताएका छन् । सरकारले मंगलबार मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्नसक्ने अध्यादेश ल्याएको छ । यद्यपि राष्ट्रपतिले प्रमाणीकरण गर्न बाँकी छ ।

नेपाल समूहलाई नयाँ दल बनाउन सहज होस् भनेर नै यो अध्यादेश ल्याइएको सत्तारुढ गठबन्धनका नेताहरुले बताएका छन् । तर नेपाल समूहकै नेताहरुले पनि राजनीतिक दलसम्बन्धी अध्यादेशप्रति असन्तुष्टि जनाएका छन् ।