अध्यादेश ल्याएलगत्तै ओलीले थपे केन्द्रीय सदस्य, नेपाललाई थप अफ्ठ्यारो
काठमाडौं । सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत भए दल विभाजन गर्न पाउनेगरी अध्यादेश पारित गरे लगत्तै नेकपा एमालेले केन्द्रीय कमिटीको संख्या थपेर निर्वाचन आयोगमा पठाएको छ ।
यसअघि २०३ सदस्यीय केन्द्रीय कमिटी रहेकोमा अब २६० रहने गरी पार्टीको निर्णय भन्दै निर्वाचन आयोगमा पठाएको बताइएको छ ।एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल र बाबुराम दाहालसहितको टोलीले निर्वाचन आयोगमा उपस्थित भएर सदस्य थप्न आग्रह गरेका छन् ।
सरकारले अध्यादेश ल्याएलगत्तै आज दिउँसो गएर उनीहरूले केन्द्रीय कमिटीको विवरण अद्यावधिक गर्न आग्रह गरेका हुन् । अब एमाले विभाजनका लागि माधव नेपाललाई कम्तीमा ५२ जना केन्द्रीय सदस्य आवश्यक पर्छ ।